हङकङ टी-२० सिरिज: फाइनलमा नेपालको भिडन्त पिएनजीसँग

मंगलबार, फागुन २९, २०८०
honor mob  winter sales

काठमाडौं । हङकङमा जारी त्रिकोणात्मक टी-२० आई क्रिकेट सिरिजको उपाधिका लागि नेपाल र पपुवा न्यूगिनी ( पिएनजी )   नै भिड्ने  भएका छन् ।

Honor x7 pad

आज बिहान भएको नेपालको दोस्रो तथा पिएनजीको पहिलो खेलमा ८५ रनले पराजित भएको पिएनजीले आजै दिउँसो भएको आफ्नो दोस्रो खेलमा आयोजक हङकङलाई १० विकेटले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो।

उक्त खेलसँगै पिएनजीले २ अंक ल्याएर फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो। नेपालको पहिलो खेल हङकङसँग वर्षाले रद्द भएपछि १-१ अंक बाँडिएको थियो आज पिएनजीलाई पराजित गर्दै नेपालले २ अंक ल्याएको हो।

फाइनल खेल बुधबार नेपाली समयअनुसार पौने १२ बजे नेपाल र पिएनजीबीच हुनेछ ।

नेपाली टोलीमा कप्तान रोहित पौडेलसहित कुशल भुर्तेल, विनोद भण्डारी (विकेट किपर), गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द, अविनाश बोहोरा रहेका छन् ।

 

 

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १५:३९
प्रतिक्रिया दिनुहोस्