जनकपुरको एक होटेलमा युवती मृत फेला, सँगै बसेका दुई युवक फरार

मंगलबार, फागुन २९, २०८०
Honor 600 pro

धनुषा । जनकपुरको एक होटेलमा बसेकी एक युवतीको मृत्यु भएको छ।

जनकपुरधामको रामानन्दचोकस्थित सिटी स्टार फैमली होटेलमा बेहोस अवस्थामा फेला परेकी पोखराकी अन्दाजी २७ वर्षीया खुसबु सुनारको मृत्यु भएको धनुषा प्रहरीले जानकारी दिएको छ।

मृतक युवतीसँगै होटेलमा बसेका दुई युवकहरु भने फरार रहेको प्रहरीले जनाएको छ। आज बिहान साढे ८ बजे सुनार बेहोस अवस्थामा होटेलको कोठामा फेला परि उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिए पनि उनको मृत्यु भएको धनुषा प्रहरीले जानकारी दिएको छ। ।

प्रहरीका अनुसार युवतीसँगै बसेको दुई जना युवकको बारेमा अझै केही जानकारी खुलेको छैन ।

धनुषा प्रहरीले युवतीको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल लगेको छ भने घटना बारे अनुसन्धान सुरु गर्दै फरार दुई युवकको खोजी गरिरहेको जनाएको छ।

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  ११:५६
प्रतिक्रिया दिनुहोस्