Dashain Banner
Dashain Banner

त्रिकोणात्मक टी-२० सिरिज: नेपालले पपुवा न्यूगिनीलाई दियो १९९ रनको लक्ष्य

मंगलबार, फागुन २९, २०८०

काठमाडौं । हङकङमा जारी त्रिकोणात्मक टी-२० आई क्रिकेट सिरिजको दोस्रो खेल नेपालले पपुवा न्यूगिनीलाई १९९  रनको लक्ष्य दिएको छ।

आज बिहान टस हारेर पहिलो ब्याटिङ गर्दै  नेपालले २० ओभर खेलेर   ६ विकेट गुमाउँदै १९८   रन बनाएको हो। नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ५९ रन बनाए। यो सँगै भुर्तेलले टी-२० मा १ हजार रन पूरा गरेका छन् ।

त्यस्तै सन्दीप जोराले ५६ रन र बिनोद भण्डारीले २७ रन बनाएका हुन् । पपुवा न्यूगिनीका आसाद भालाले सर्वाधिक २ विकेट लिए। 

यसअघिको नेपाल र हङकङबीचको पहिलो खेल वर्षा रद्द भएपछि दुबै राष्ट्रले १-१ अंक बाँडेका थिए।  

 रोहित पौडेलले कप्तानीमा नेपाली टोलीमा  कुशल भुर्तेल, विनोद भण्डारी (विकेट किपर), गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द, अविनाश बोहोरा रहेका छन् ।

यस सिरिजमा नेपाल, हङकङ र पपुवा न्यूगिनी खेल्दै छन् । खेलमा शीर्ष दुईमा दुई टिमले फाइनल  खेल्ने छन् । 

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  ०८:१४
प्रतिक्रिया दिनुहोस्