त्रिकोणात्मक टी-२० सिरिज: पपुवा न्यूगिनीविरुद्द ब्याटिङ गर्दै नेपाल

मंगलबार, फागुन २९, २०८०
honor mob  winter sales

काठमाडौं । हङकङमा जारी त्रिकोणात्मक टी-२० आई क्रिकेट सिरिजको दोस्रो खेल नेपालले आज  पपुवा न्यूगिनीविरुद्द खेल्दैछ।

Honor x7 pad

आज बिहनदेखि भइरहेको खेलमा पपुवा न्यूगिनीले टस जितेर बलिङ रोजेपछि नेपालले ब्याटिङ गरेको हो। यसअघिको नेपाल र हङकङबीचको पहिलो खेल वर्षा रद्द भएपछि दुबै राष्ट्रले १-१ अंक बाँडेका थिए।  

रोहित पौडेलले कप्तानीमा नेपाली टोलीमा  कुशल भुर्तेल, विनोद भण्डारी (विकेट किपर), गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द, अविनाश बोहोरा रहेका छन् ।

यस सिरिजमा नेपाल, हङकङ र पपुवा न्यूगिनी खेल्दै छन् । खेलमा शीर्ष दुईमा दुई टिमले फाइनल  खेल्ने छन् । 

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  ०७:३५
प्रतिक्रिया दिनुहोस्