Dashain Banner
Dashain Banner

त्रिकोणात्मक टी-२० सिरिज: पपुवा न्यूगिनीविरुद्द ब्याटिङ गर्दै नेपाल

मंगलबार, फागुन २९, २०८०

काठमाडौं । हङकङमा जारी त्रिकोणात्मक टी-२० आई क्रिकेट सिरिजको दोस्रो खेल नेपालले आज  पपुवा न्यूगिनीविरुद्द खेल्दैछ।

आज बिहनदेखि भइरहेको खेलमा पपुवा न्यूगिनीले टस जितेर बलिङ रोजेपछि नेपालले ब्याटिङ गरेको हो। यसअघिको नेपाल र हङकङबीचको पहिलो खेल वर्षा रद्द भएपछि दुबै राष्ट्रले १-१ अंक बाँडेका थिए।  

रोहित पौडेलले कप्तानीमा नेपाली टोलीमा  कुशल भुर्तेल, विनोद भण्डारी (विकेट किपर), गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द, अविनाश बोहोरा रहेका छन् ।

यस सिरिजमा नेपाल, हङकङ र पपुवा न्यूगिनी खेल्दै छन् । खेलमा शीर्ष दुईमा दुई टिमले फाइनल  खेल्ने छन् । 

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  ०७:३५
प्रतिक्रिया दिनुहोस्