हुण्डीविरुद्द प्रहरीको अपरेशन: नेपालगन्जबाट आज फेरि अवैध सवा करोड रुपैयाँ बरामद

सोमबार, फागुन २८, २०८०
honor mob  winter sales

नेपालगन्ज । जिल्ला प्रहरी बाँकेले आज फेरि नेपालगन्जका दुई वटा होटेलमा छापा मार्दा करिब सवा १ करोड रुपैयाँ  बरामद गरेको छ।

Honor x7 pad

प्रहरीले नेपालगन्ज बसपार्कका दुई होटेलमा छापा मार्दा  श्रोत नखुलेको १ करोड १५ लाख रुपैयाँसहित   प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको छ। 

आइतबार बाँके प्रहरीले तीन जना हुण्डी कारोबारीलाई पक्राउ गरेपछि उनीहरुको बयानका आधारमा गरिएको अपरेशनमा आज नेपालगन्ज-४ बसपार्कमा रहेको होटेल सन्तोष दंगालीमा बसेका ३५ वर्षीय रोहीत क्षेत्री, दाङकै ४३ वर्षीय कृष्ण बिक र भारत घर भएका राहुल जैसवाल र बसपार्ककै अर्को कालिका होटेलमा छापा मार्दा नेपालगन्ज-१६ जयसपुरका ५०  वर्षीय सलिम जोलाह र सोही स्थानकै २५  वर्षीय आसिफ अन्सारीलाई करोडौं रुपैयाँसहित पक्राउ गरेको बाँके प्रहरीले जनाएको छ। 

पक्राउ परेका उनीहरुको साथबाट १ करोड १५ लाख नेपाली रुपैयाँ बरामद भएको जिल्ला प्रहरी बाँके श्रोतले जानकारी दिएको छ। जिल्ला प्रहरी बाँकेले आइतबार ३८ लाख रुपैयाँसहित हुण्डी कारोबार गर्ने गिरोहका तीन जनालाई पक्राउ गरेपछि हुण्डी कारोबारको अखडामा अपरेसन गरेको बताइएको छ।

प्रहरीले आइतबार दिउँसो नेपालगन्जको धम्बोझी चोकको सांग्रीला बैंक नजिकबाट अवैध ३८ लाख रुपैयाँसहित  राजापुर-१ बर्दियाका २० वर्षीय अनुप थारु र बर्दियाकै पुर्णिामा थारु र  नेपालगन्ज-१६ जयसपुरका हसिब अजमत जसगढलाई पनि प्रहरीले पक्राउ गरेको थियो।

प्रहरीले आज बरामद गरेको करोडौं रुपैयाँ भारतमा भएको सुन कारोबारको हुण्डी रकम भएको बताइएको छ।

 

 

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १६:४१
प्रतिक्रिया दिनुहोस्