कोटेश्वरमा बसको ठक्करबाट गम्भीर घाइते भएका ट्राफिकका सईको मृत्यु

सोमबार, फागुन २८, २०८०
honor mob  winter sales

काठमाडौँ ।  कोटेश्वरमा बसको ठक्करबाट गम्भीर घाइते भएका ट्राफिक प्रहरी नायब निरीक्षक (सई) टोपहादुर खत्रीको मृत्यु भएको छ। 

Honor x7 pad

फागुन २० गते प्रदेश ३-०१-००५ ख ९७५५ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते भएका ट्राफिक प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत सई खत्रीको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो

गम्भीर घाइते अवस्थामा न्युरो अस्पतालमा उपचाररत सई खत्रीको आइतबार मृत्यु भएको उपत्यका ट्राफिक  प्रहरी कार्यालयले पुष्टि गरेको छ। यता प्रहरीले सईलाई ठक्कर दिएको बस र चालक नवराज गिरीलाई पक्राउ गरिसकेको  छ।

प्रहरीले बसका चालकलाई सवारी ज्यान सम्बन्धी कसूरमा अनुसन्धान गरिरहेको र सईको मृत्यु पश्चात्  अब सोहीअनुसारको मुद्दा  अगाडि बढ्ने प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १५:२३
प्रतिक्रिया दिनुहोस्