नेपालगन्जबाट ३८ लाख रुपैयाँसहित तीन जना हुण्डी कारोबार गर्ने गिरोह पक्राउ 

सोमबार, फागुन २८, २०८०
Honor 600 pro

नेपालगन्ज । नेपालगन्जबाट प्रहरीले हुण्डी कारोबार गिरोहका तीन जनालाई ३८ लाख रुपैयाँसहित पक्राउ गरेको छ। विशेष सूचना पाएर जिल्ला प्रहरी बाँकेबाट खटिएको टोलीले नेपालगन्जको धम्बोझी चोकको सांग्रीला बैंक नजिकबाट अवैध ३८ लाख रुपैयाँ लिएर आएका दुई जनालाई नियन्त्रणमा लिएको थियो।

आइतबार दिउँसो  ३८ लाख रुपैयाँसहित  राजापुर-१ बर्दियाका २० वर्षीय अनुप थारु र बर्दियाकै पुर्णिामा थारुलाई पक्राउ  गरेपछि उनीहरुले उक्त रकम हुण्डी कारोबारको  बताएपछि हुण्डी कारोबार गर्ने मुख्य व्यक्ति नेपालगन्ज-१६ जयसपुरका हसिब अजमत जसगढलाई पनि प्रहरीले पक्राउ गरेको हो।

उक्त हुण्डी कारोबार नेपालगन्जको न्यूरोडमा एउटा सटर भाडामा लिएर गरिदै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरी श्रोतले जानकारी दिएको छ। प्रहरीले उनीहरुको साथबाट पैसा बैंकका विभिन्न भौचरहरुसमेत बरामद गरेको छ।

पक्राउ परेकाहरुले हालसम्म १५ करोड रुपैयाँ बढीको हुण्डी कारोबार गरिसकेको बताइएको छ। उनीहरुले  मनि चेञ्जरमार्फत हुण्डीको कारोबार गरेको पनि हुन सक्ने प्रहरीले अनुमान लगाएको छ। प्रहरीले पक्राउ परेकाहरुँग यस बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ। 

प्रहरीले बरामद गरेको ३८ लाख रुपैयाँलाई आबश्यक कारबाहीका लागि नेपालगन्जस्थित आन्तरिक कार्यालयमा भोलि बुझाउने तयारी गरेको छ। आज बिदा परेका आबश्यक कारबाहीका लागि भोलि बुझाउने बाँके प्रहरीले बताएको छ।

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  ०७:३४
प्रतिक्रिया दिनुहोस्