Dashain Banner
Dashain Banner

त्रिकोणात्मक टी-२० क्रिकेट- वर्षाले खेल रद्द, नेपाल र हङकङले १-१ अंक बाँडे

आइतबार, फागुन २७, २०८०

काठमाडौं । हङकङमा आजदेखि सुरु भएको त्रिकोणात्मक टी-२० आई क्रिकेट सिरिजको पहिलो खेल वर्षाले रद्द भएको छ।आजको नेपाल र हङकङबीचको पहिलो खेल वर्षाले रद्द हुँदा दुबै राष्ट्रले १-१ अंक बाँडेका हुन् ।

टस हारेर पहिलो ब्याटिङ गतेको हङकङले  ८ओभरमा २ विकेट गुमाएर ६५ रन बनाएको अवस्थामा वर्षा झनै ठुलो परेपछि खेल रद्द गरिएको हो।

नेपालले अब अर्को खेल पपुवा न्यूगिनीसँग खेल्ने छ। रोहित पौडेलले कप्तानी गरेको नेपाली टोलीमा  कुशल भुर्तेल, विनोद भण्डारी (विकेट किपर), गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द, अविनाश बोहोरा रहेका छन् ।

यस सिरिजमा नेपाल, हङकङ र पपुवा न्यूगिनी खेल्दै छन् । खेलमा शीर्ष दुईमा दुई टिमले फाइनल  खेल्ने छन् । तेस्रो हुने टोली तेस्रो स्थानको लागि हङकङ ए सँग बुधबार खेल्ने छ ।

 

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १५:०५
प्रतिक्रिया दिनुहोस्