अस्पतालमा टिकट काट्ने लाइनमा बसेका एक पुरुषको मृत्यु

आइतबार, फागुन २७, २०८०
Honor 600 pro

चितवन । चितवनमा अस्पतालको पर्चा काट्ने लाइनमा बसेका एक पुरुषको मृत्यु भएको छ।

जिल्लाको बकुलहर रत्ननगर अस्पतालमा ओपिडीको  टिकट काट्नका  लागि आज बिहान १० बजे  लाइनमा बसेका रत्ननगर नगरपालिका-३ लौरीघोलका ३४ बर्षीय जीवनबाबु थापामगरको मृत्यु भएको हो।

मुटु सम्बन्धि जाँच गर्न टिकट लिन लाइनमा बसेका थापामगर एक्कासी ढलेपछि अस्पतालको इमर्जेन्सीमा उपचारका उनको मृत्यु भएको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार उनलाई कार्डियाक एरेस्ट भएको थियो ।

लगातार दुई दिन बिदा भएकाले टिकट काट्ने लाइन लामो भएकाले उनी धेरै बेर उभिनु पर्दा अचानक ढलेको अस्पतालले जनाएको छ।

 

 

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १३:१८
प्रतिक्रिया दिनुहोस्