त्रिकोणात्मक टी-२० सिरिज: टस जितेर हङकङविरुद्द बलिङ गर्दै नेपाल

आइतबार, फागुन २७, २०८०
honor mob  winter sales

काठमाडौं । त्रिकोणात्मक टी-२० आई क्रिकेट सिरिज अन्तर्गतको आजको पहिलो खेलमा नेपालले  हङकङविरुद्द बलिङ गर्दैछ। हङकङमा सुरु भएको  त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेलमा नेपालले टस जितेर हङकङलाई ब्याटिङ गर्न दिएको हो।

Honor x7 pad

नेपाल, हङकङ र पपुवा न्युगिनीबीचक सिरिजका लागीको मैत्रीपूर्ण खेलमा नेपाल हङकङसँग शनिबार ७३ रनले पराजित भएको थियो। त्रिकोणात्मक टी-२० आई सिरिज अघि नेपालले हङकङसँग आज यो खेल खेलेको हो। । 

रोहित पौडेलले कप्तानी गरेको नेपाली टोलीमा  कुशल भुर्तेल, विनोद भण्डारी ९विकेट किपर०, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द, अविनाश बोहोरा रहेका छन् ।

हङकङ पुगेको नेपाली टोलीमाअ दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, सोमपाल कामी, आसिफ शेखलगायतका खेलाडीलाई समावेश गरिएको छैन । सिरिजको खेलका शीर्ष दुईमा रहन सके नेपाल फाइनल  खेल्ने छ र नभए तेस्रो स्थानको लागि हङकङ ए सँग बुधबार खेल्ने छ ।

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  ११:२१
प्रतिक्रिया दिनुहोस्