दुईभाइ चढेको मोटरसाइकललाई बसको ठक्कर, दाईको मृत्यु-भाइ गम्भीर घाइते

सोमबार, साउन १, २०८०
honor mob  winter sales

पोखरा । सहोदर दुईभाइ चढेको मोटरसाइकललाई बसले ठक्कर दिदा २३ वर्षीय दाईको मृत्यु भएको छ।ठक्करबाट मोटरसाइकल सवार मृतका भाइ गम्भीर घाइते भएका छन् ।  

Honor x7 pad

कास्कीबाट लमजुङ जाँदै गरेको ग १ ख ७६८६ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ग १५ प ८४८३ नम्बरको मोटरसाइकललाई रूपा गाउँपालिका-३  पोल्याङमा आज बिहान ठक्कर दिएको थियो।  

मोटरसाइकल सवार आफनै दाजुभाइ लमजुङको मध्यनेपाल गाउँपालिका-६, भोर्लेटारका २३ वर्षीय विवेक विक र २० वर्षीय दीपेन्द्र विक गम्भीर घाइते भएको कास्की प्रहरीले जानकारी दिएको छ।

गम्भीर घाइते भएका  २३ वर्षीय विवेकको उपचारका क्रममा पोखरास्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो भने विवेकका भाइ दीपेन्द्रको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले रूपा गाउँपालिकाकै ठक्कर दिने बस चालक  विशाल गुरूङलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १४:३७
प्रतिक्रिया दिनुहोस्