टी-२० क्रिकेटमा नेपाल हङकङसँग ७३ रनले पराजित

शनिबार, फागुन २६, २०८०
honor mob  winter sales

काठमाडौं । मैत्रीपूर्ण टी-२० क्रिकेटमा नेपाल हङकङसँग ७३ रनले पराजित भएको छ। आज हङकङमा भएको खेलमा पहिलो ब्याटिङ गरेको हङकङले दिएको २१३ रनको लक्ष्य पछ्याएको नेपाल सवै विकेट गुमाएर १३९ रन मात्र बनायो।

Honor x7 pad

जितको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको नेपालले १६.४ ओभरमा १० विकेट गुमाउँदै १३९ रन बनायो। नेपालका लागि बिनोद भण्डारीले ४२ रन बनाए ।त्यस्तै आरिफ शेखले  ३८ र  रोहित पौडेलले ३० रन बनाउदा कुशल भुर्तेलले २ रन बनाए।  

हङकङका अजिज खानले ४ , इहसान खानले ३ तथा अतिब इक्वाल र नराउल्ला रानाले १-१ विकेट लिए।सुरुवाती ब्याटिङ गरेको हङकङका बाबर हायतले ११० रन वनाएका थिए।  हङकङविरुद्द नेपालका गुल्सन झाले ३, रासिद खान, आरिफ शेख र प्रतिश जिसीले समान-१-१ विकेट लिएका थिए।

भोलिदेखि नेपाल, हङकङ र पपुवा न्युगिनीबीच हङकङमा सुरु हुने त्रिकोणात्मक टी-२० आई सिरिज अघि नेपालले हङकङसँग आज यो खेल खेलेको हो।

प्रकाशित मिति: शनिबार, फागुन २६, २०८०  १४:३७
प्रतिक्रिया दिनुहोस्