विद्युतको पोल सार्दा करेन्ट लागेर दुई जनाको मृत्यु

शनिबार, फागुन २६, २०८०
Honor 600 pro

कालिकोट । कालिकोटमा विद्युतको सबलाइन बिस्तार गर्ने क्रममा  करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ।

जिल्लाको नरहरीनाथ- गाउँपालिका-८ चाल्खा काल्ढुङ्गा भन्ने स्थानमा सबलाइन विस्तार गर्दा आज बिहान लालु गाउँका ४३ वर्षीय केशव राज थापा र उनका  २७ वर्षीय भतिज गङ्गा थापाको मृत्यु भएको प्रहरीले जनाएको छ।

गाडिएको विद्युतको पोल अन्यत्र सार्न खोज्दा विद्युतको प्रवाह भइरहेको तारलाई छुँदा करेन्ट लागेर उनीहरु दुई जनाको  मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

घटनास्थलमै मृत्यु भएका केशव मङ्गलासैनीका माविका शिक्षक थिए।

प्रकाशित मिति: शनिबार, फागुन २६, २०८०  १३:४६
प्रतिक्रिया दिनुहोस्