नेपालले आज हङकङविरुद्ध टी-२० खेल्दै

शनिबार, फागुन २६, २०८०
honor mob  winter sales

काठमाडौं । नेपालले आज हङकङसँग टी-२० खेल खेल्दैछ। आजको खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे हङकङको  मोंग कोकमा सुरु हुनेछ ।

Honor x7 pad

नेपाल, हङकङ र पपुवा न्युगिनीबीच त्रिकोणात्मक टी-२० आई सिरिज हुनुअघि नेपालले हङकङसँग यो खेल खेल्न लागेको हो । रोहित पौडेलको कप्तानीमा नेपाली टोली  हङकङ पुगेको छ।

नेपाली टोलीमा कप्तान पौडेलसहित  कुशल भुर्तेल, विनोद भण्डारी (विकेट किपर), गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द, अविनाश बोहोरा रहेका छन् ।

हङकङमा हुन लागेको त्रिकोणात्मक सिरिजमा नेपालले आइतबार हङकङ र मंगलबार पपुवा न्युगिनीसँग खेल्नेछ । सिरिजको खेलका शीर्ष दुईमा रहन सके नेपाल फाइनल  खेल्ने छ र नभए तेस्रो स्थानको लागि हङकङ ए सँग बुधबार खेल्ने छ ।

हङकङ पुगेको नेपाली टोलीमाअ दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, सोमपाल कामी, आसिफ शेखलगायतका खेलाडीलाई समावेश गरिएको छैन ।

हालसम्म नेपाल र हङकङबीच हालसम्म ७ वटा  टी-२० आई खेल भएका छन् । जसमा नेपाल ४  खेलमा विजयी भएको छ भने ३ हङकङ ३ खेल मा विजयी भएको छ।

 

प्रकाशित मिति: शनिबार, फागुन २६, २०८०  ०९:१९
प्रतिक्रिया दिनुहोस्