राईजिङ स्टार तेस्रो हिरा डाँगी स्मृति कप फुटबलको फाइनलमा

शुक्रबार, फागुन २५, २०८०
honor mob  winter sales

लक्ष्मण बस्नेत, तुलसीपुर राईजिङ स्टार फुटबल क्लब घोराही सर्वाधिक पुरस्कार राशीको तेश्रो हिरा डाँगी स्मृति कप आमन्त्रित फुटबल प्रतियोगिता २०८० फाइनलमा प्रवेश गरेको छ ।

Honor x7 pad

हिरा डाँगी फाउन्डेसन तुलसीपुरको आयोजनामा संचालित प्रतियोगिताको आज सम्पन्न सेमिफाइनल खेलमा एपीएफ लुम्बिनी प्रदेशलाई ४-० गोलले पराजित गर्दै राईजिङ स्टारले फाइनल यात्रा तय गरेको हो । 

उल्लेख्य दर्शकले खचाखच भरिएको अरनिको मैदान तुलसीपुरमा भएको प्रतिस्पर्धात्मक खेलमा राईजिङ स्टारका जर्सी नं. १८ का अरुण चौधरी पहिलो हाफको २७ औ मिनेटमा पहिलो र दोस्रो हाफ्को १६ औं  मिनेटमा दोस्रो गोले गरे । त्यस्तै दोस्रो हाफको थप ३ मिनेटमा जर्सी नं. ११ का जमिर मियाँले थप एक गोल गरे । खेलमा राईजिङ स्टारका खेलाडी अरुण चौधरी म्यान अफ म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत दोस्रो सेमिफाइनलमा टरिगाउँ युवा क्लब तुलसीपुर र साहारा फुटबल क्लब लखनउ भिड्दै छन्  । खेल भोलि आईतवार दिउँसो २ बजेदेखि सुरु हुने फाउन्डेसनका अध्यक्ष पोखर सिंह  डाँगी जानकारी दिए । स्थानीय स्तरमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्ने र व्यवसायिक फुटबल खेलको विकासमा थप टेवा पु-याउने  उद्देश्यका साथ संचालित प्रतियोगितामा उपाधि जित्ने टिमले नगद २ लाख पुरस्कार पाउने छ। त्यस्तै उपविजेताले नगद एक लाख जित्नेछ। 

त्यस्तै प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रर्दशन गर्ने व्यक्तिगत बिधातर्फ उत्कृष्ट खेलाडी,उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले जनही ५  हजार रुपैयाँ पाउने छन् । त्यस्तै प्रत्येक म्याचको म्यान अफ द म्याच घोषित हुने खेलाडीलाई नगद एक हजार पाउने छन् ।

प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  २०:१२
प्रतिक्रिया दिनुहोस्