महाशिवरात्रिमा मराठा समाज नेपालको पशुपतिमा भण्डारा

बिहीबार, फागुन २४, २०८०
honor mob  winter sales

काठमाडौं । महाशिवरात्रिको अवसरमा मराठा समाज नेपालले पशुपतिनाथ परिसरमा भण्डाराको आयोजना गरेको छ।

Honor x7 pad

महाशिवरात्रिको मेलामा पशुपतिनाथ मन्दिरमा आउने भक्तजनहरुका लागि समाजका अध्यक्ष लक्ष्मण जगन्नाथ घाडगेले भण्डाराको आयोजना गरेका हुन् । आजदेखि मराठा समाज नेपालद्वारा लगाइएको भण्डारामा सयौं भक्तजनहरुले प्रसाद ग्रहण गरेको घाडगेले बताए।

विगत १८ वर्षदेखि महाशिवरात्रिको मेलामा  लाग्दै आएको भण्डारामा पुगेका जनकपुरका बिजय पौडेलले भक्तजनहरुको लागि गरेको सेवाप्रति भण्डारा आयोजना गरेका एल.एम सुन चाँदी पसल, रन्जना गल्ली र लक्की ज्वैलर्स न्यूरोडलाई आभार प्रकट गरे।

घाडगेले पनि यस्तो पर्वमा पशुपतिनाथमा आउने भक्तजनलाई प्रसाद स्वरुप भण्डारा ग्रहण गराउन पाउँदा अति खुशी हुने बताए। भारतको महाराष्ट्रको पुणे घर बिगत दुई दशक बढीदेखि घाडगेले  काठमाडौंमा सुन चाँदीको व्यवसाय गर्दै आएका छन् ।

 

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  २१:२४
प्रतिक्रिया दिनुहोस्