पशुपतिको महाशिवरात्रि मेलाका लागि ४ हजार बढी प्रहरी परिचालन

बिहीबार, फागुन २४, २०८०
honor mob  winter sales

काठमाडौँ । भोलि (शुकवार ) को  महाशिवरात्रि पर्वका लागि ३ हजार बढी सुरक्षाकर्मी खटिने भएका छन् । उपत्यका प्रहरी कार्यालय महाशिवरात्रिका लागि सुरक्षा योजना सार्वजनिक गरेको छ । 

Honor x7 pad

भोलि पशुपतिनाथ मन्दिरमा लाग्ने मेलामा भक्तजनहरूको अत्यधिक भीड हुने भएकाले सो क्षेत्रमा शान्ति सुरक्षा तथा सवारी व्यवस्थापन गर्नका लागि सुरक्षा योजना लागू गरिएको  उपत्यका प्रहरी कार्यालयले  जनाएको छ।

भोलि जिल्ला प्रहरी परिसर काठमाडौं, उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट पशुपतिमा सुरक्षाफौजको टोलीले खटिने भएको हो। जसमा डियुटीमा खटिने बर्दीधारी प्रहरी , सादा पोसाकका प्रहरी , सञ्चार, ड्रोन अपरेटर, ट्राफिक प्रहरी गरि ४ हजार ९४ जना सुरक्षाकर्मी परिचालन हुने भएका छन्  ।

शिवरात्रि मेला नसकिएसम्म प्रहरीले कर्डन, पिकेट, मोबाइल गस्ती, पैदल गस्ती स्टाइकिङ, ड्रोन, सिसिटिभी क्यामेरा, बडी वर्न क्यामेरा लगायतका प्रविधिमार्फत निगरानी गर्ने उपत्यका प्रहरी कार्यालयले जनाएको छ। मेला नेपाल प्रहरीको एम्बुलेन्स तयारी हालतमा समेत राखिने भएको छ।

 

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  १७:४३
प्रतिक्रिया दिनुहोस्