पूर्वमन्त्री विजय यादव बैंकिङ कसुरमा बाँकेबाट पक्राउ

सोमबार, साउन १, २०८०
honor mob  winter sales

नेपालगन्ज ।  पूर्वमन्त्री विजयबहादुर यादव बाँकेबाट पक्राउ परेका छन् ।नेकपा एमालेका नेतासमेत रहेका लुम्बिनी प्रदेशका पूर्व भूमिव्यवस्था तथा सहकारी मन्त्री यादवलाई बाँके प्रहरीले बैंकिङ कसुरमा पक्राउ गरेको हो।

Honor x7 pad

रुपन्देही प्रहरी कार्यालयमा यादवविरुद्द १२ लाख २८ हजार रुपैयाँको बैंक अफ काठमाडौंको जारी भएको चेकबाट जाहेरी पर्दा रुपन्देही प्रहरीको आग्रहमा बाँके प्रहरीले आइतबार साँझ यादवलाई पक्राउ गरेको हो।

बाँके प्रहरीले यादवलाई आज बुटवल ल्याउँदै गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी श्यामु अर्यालले बताए।

पूर्वमन्त्री यादवले रुपन्देहीस्थित सियारी गाउँपालिका-१ का उमाशंकर यादवलाई गत माघ १० गते  १२ लाख २८ हजार रुपैयाँको चेक दिएर नसाटिएपछि उमाशंकरले प्रहरीमा यादवविरुद्ध जागेरी दिएका थिए।

यादव  २०७४ मा  जनता समाजवादी पार्टीबाट बाँके २ (१) बाट निर्वाचित भएका थिए। पार्टी निर्देशनविरुद्ध मन्त्री बनेका यादवलाई जसपाले निस्कासन गरेको थियो।

 

 

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  ११:११
प्रतिक्रिया दिनुहोस्