भागेर बिहे गर्न नमान्दा ज्ञानुको हत्या

मंगलबार, फागुन २२, २०८०
honor mob  winter sales

मोरङ । मोरङमा प्रेमिका भागेर जान नमानेपछि प्रेमीले हत्या गरेको खुल्न आएको छ। पथरी शनिश्चरे नगरपालिका-७ लामाटोलमा रहेको आफ्नै मामाको छोराको घरमा बसेर पढ्दै आएकी १५ वर्षीया ज्ञानुकुमारी राईको हत्याको आरोपमा मोरङ  प्रहरीले ग्रामथान गाउँपालिका-४ का ३८ वर्षीय धीरेन चौधरीलाई पक्राउ गरेपछि हत्या गरेको खुल्न आएको हो।

Honor x7 pad

कक्षा ७ मा अध्ययन गर्दै आएकी ज्ञानु सोमबार राति  साढे १० बजे सुतिरहेको कोठाबाट घर बाहिर रहेको शौचालय गएको बेला उनको गर्धनमा खुकुरी प्रहार गरि हत्या गरेको चौधरीले प्रहरी सामु स्वीकार गरेको मोरङ प्रहरीले जानकारी दिएको छ।

एक श्रीमती र १४ वर्षीय छोरा समेत रहेका चौधरीको ज्ञानुसँग विगत डेढ वर्षदेखि प्रेम सम्बन्ध रहेको प्रहरीले बताएको छ। चौधरीकी पत्मी वैदेशिक रोजगारीका सिलसिलामा विदेश रहेको श्रीमतीसँग सम्बन्ध राम्रो नभएको चौधरीले कबुलसमेत गरेको प्रहरीले जानकारी दिएको छ।

पटकपटक भागेर बिहे गरौ भन्दा ज्ञानुले नमानेपछि उनको हत्या गरेको चौधरीले स्वीकार गरेको प्रहरीले जानकारी दिएको छ।

बालिकाको हत्यापछि फरार रहेका चौधरीलाई बेलबारीको भाउन्ने जंगलबाट गस्तीमा रहेको प्रहरीले शंका लागेर सोधपुछ गर्दा प्रष्ट  जवाफ नदिदा प्रहरीले उनलाई मंगलबार बिहान २ बजे  नियन्त्रणमा लिएको थियो। पछि अनुसन्धानका क्रममा ज्ञानु हत्या भएको स्थान वरपर उनले लगाएको जुत्ताको डाम मिलेपछि घटनाको रहस्य बाहिरिएको प्रहरीले जानकारी दिएको छ।

मृतक खोटाङको ऐसेलुखर्क गाउँपालिका-६ सल्ले घर भएकी ज्ञानु दुई वर्षअघि मामाका छोराको घरमा बसेर पढदै आएकी थिइन। प्रहरीले चौधरीसँग थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  २१:०३
प्रतिक्रिया दिनुहोस्