किशोरी हत्या आरोपमा ३८ वर्षीय चौधरी पक्राउ

मंगलबार, फागुन २२, २०८०
honor mob  winter sales

मोरङ । मोरङमा १५ वर्षीया किशोरीको हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

Honor x7 pad

पथरी शनिश्चरे नगरपालिका-७ लामाटोलमा रहेको आफ्नै मामाको छोराको घरमा बसेर पढ्दै आएकी १५ वर्षीया ज्ञानुकुमारी राईको हत्याको आरोपमा मोरङ  प्रहरीले ग्रामथान गाउँपालिका-४ का ३८ वर्षीय धीरेन चौधरीलाई पक्राउ गरेको हो।

अनुसन्धानका क्रममा बालिकाको हत्यापछि फरार रहेका चौधरीलाई बेलबारीको भाउन्ने जंगलबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

कक्षा ७ मा अध्ययन गर्दै आएकी ज्ञानु गएराति साढे १० बजे सुतिरहेको कोठाबाट घर बाहिर रहेको शौचालय गएको बेला उनको गर्धनमा खुकुरी प्रहार गरि हत्या गरिएको थियो। प्रहरीले पक्राउ परेका चौधरीसँग थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  १८:३१
प्रतिक्रिया दिनुहोस्