नेपालगन्जबाट दुई भारतीय युवकसहित १०३ ग्राम ब्राउन सुगर बोकेको जीप नियन्त्रणमा

मंगलबार, फागुन २२, २०८०
honor mob  winter sales

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्जबाट ठुलो परिमाणमा ब्राउन सुगरसहित दुई भारतीय युवकलाई पक्राउ गरेको छ।आज दिउँसो साढे १२ बजे जिल्ला प्रहरी बाँकेबाट खटिएको टोलीले नेपालगन्ज-१६ चौलिका चोकबाट  १०३ ग्राम ब्राउनसुगरसहित दुई जना भारतीय युवकलाई नियन्त्रणमा लिएको हो। 

Honor x7 pad

विशेष सूचनाका आधारमा रुपइडिहाबाट नेपालगन्जतर्फ  यूपी ३२ डि.के ६७५१ नम्बरको भारतीय जीपमा ठुलो परिमाणमा ब्राउन सुगर आउँदै गरेको जानकारी पाएको बाँके प्रहरीले बाटोमै घेरा हालेर जीपलाई नियन्त्रणमा लिएर जाँच गर्दा १०३ ग्राम ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी बाँकेले जनाएको छ।

उक्त जीपमा सवार भारतको बहराइच सलारगन्ज घर भएका २१ वर्षीय  इरफान कुरेसीबाट ८०.७० ग्राम र सोही ठाँउका १७ वर्षीय  रिजवान कुरेसीको साथबाट २२.६० ब्राउन सुगर  ग्राम बरामद गरेको बाँके प्रहरीले जनाएको छ।

प्रहरीले उनीहरुसहित ब्राउन सुगर र जीपलाई समेत नियन्त्रणमा लिएर जिल्ला लागुऔषध कसुरमा थप अनुसन्धान गरिएको जिल्ला प्रहरी बाँकेले जनाएको छ।लागुऔषध बरामद अभियानमा बाँकेका एसपी सुवासचन्द्र बोहरा आएदेखिको यो पहिलो ठुलो सफलता हो।

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  १६:११
प्रतिक्रिया दिनुहोस्