नेपालगन्जमा बसको ठक्करबाट भारतीय नागरिकको मृत्यु

मंगलबार, फागुन २२, २०८०
honor mob  winter sales

नेपालगन्ज । बाँकेमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । 

Honor x7 pad

नेपालगन्जको कारकाँदोस्थित होटेल सिद्धार्थ भ्यु नजिकै सुर्खेतरोडमा गएराती पौने १० बजे भारतको दिल्लीबाट दाङ जाँदै गरेको  लु.२ ख. २१४२ नम्बरको यात्रुबाहक बसले ठक्कर दिँदा युपी ४० एजे ७२३३ नम्बरको मोटरसाइकलमा सवार भारत बहराइचका ३० वर्षीय अनिल कुमार गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको बाँके प्रहरीले जानकारी दिएको छ। 

कुमारको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा आज विहान मृत्यु भएको हो । मोटरसाइकललाई बसले बाटो काट्ने क्रममा ठक्कर दिएको प्रहरीले जनाएको छ । चालक प्रहरीको नियन्त्रणमा छन् ।

 

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  १२:१४
प्रतिक्रिया दिनुहोस्