टी-२० फाइनल: टस जितेर नेदरल्यान्ड्सविरुद्द पहिलो ब्याटिङ गर्दै नेपाल

मंगलबार, फागुन २२, २०८०
honor mob  winter sales

काठमाडौँ । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० आई क्रिकेट सिरिजको फाइनलमा नेपालले टस जितेरनेदरल्यान्ड्सविरुद्द पहिलो ब्याटिङ गर्ने भएको छ।

Honor x7 pad

टीयु क्रिकेट मैदानमा आज सुरु हुन लागेको फाइनल खेलमा नेपाल तर्फबाट पौडेलको कप्तानीमा नेदरल्यान्ड्सविरुद्द मैदानमा उत्रदै छ।

नेपालले सिरिजमा नामिबिया र नेदरल्यान्ड्सलाई पराजित गरेर ४ अंकका साथ फाइनलमा पुगेको हो भने नेदरल्यान्ड्स २ जित र एक बराबरी खेल्दै ५ अंकका साथ फाइनल पुगेको हो।

 २०२१ को टी-२० फाइनलमा नेदरल्यान्ड्सलाई पराजित गरेझै  आजको फाइनल खेल पनि नेपालले जित्ने अभियानमा छ। त्यस्तै नेपालले सन् २०२२ मा पपुवा न्यूगिनीलाई पनि त्रिकोणात्मक टी-२० क्रिकेटको फाइनलमा गराएको थियो।

आजको खेलमा नेपालबाट  प्लेइङ ११ मा आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, प्रतिश जिसी, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा,गुल्सन झा समाबेश छन् ।

 

 

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  ११:१७
प्रतिक्रिया दिनुहोस्