शौचालय गएकी १५ वर्षिया किशोरीको हत्या

मंगलबार, फागुन २२, २०८०
honor mob  winter sales

विराटनगर । मोरङमा शौचालय गएकी १५ वर्षीया किशोरीको  हत्या भएको छ।  खोटाङको ऐसेलुखर्क- ६ घर भइ मोरङको पथरी शनिश्चरे नगरपालिका-७ लामाटोलमा रहेको आफ्नै मामाको छोराको घरमा बसेर पढ्दै आएकी १५ वर्षीया ज्ञानुकुमारी राईको हत्या भएको मोरङ प्रहरीले जनाएको छ।

Honor x7 pad

कक्षा ७ मा अध्ययन गर्दै आएकी ज्ञानु गएराति साढे १० बजे सुतिरहेको कोठाबाट घर बाहिर रहेको शौचालय गएको बेला उनको गर्धनमा खुकुरी प्रहार हुँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

आक्रमण भएपछि राति एक्कासी ज्ञानु कराएको आवाज सुनेर आफन्त उठेर हेर्दा घर पछाडिको शौचालयमा पुग्दा  छटपटाइरहेको देखेपछि प्रहरीलाई खबर गर्ने क्रममै मृत्यु भएको प्रहरीले बताएको छ।

प्रहरीले प्रारम्भिक अनुसन्धानमा उनको योजनाबद्द तरिकाले हत्या भएको देखिएको जनाएको छ। चिनजानकै हत्याराले ज्ञानु शौचालय आउने बाटो कुरेर बसेको देखिएको प्रहरीले अनुमान गरेको छ। प्रहरीले अनुसन्धान अघि बढाएको जनाउँदै कतै प्रेम सम्बन्ध पनि हुन सक्ने आंशका गरेको छ।

 

 

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  १०:३६
प्रतिक्रिया दिनुहोस्