त्रिकोणात्मक टी-२० फाइनल : आज नेदरल्यान्ड्सले नेपालको सामना गर्दै

मंगलबार, फागुन २२, २०८०
honor २२ sept

काठमाडौँ । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० आई क्रिकेट सिरिजको फाइनलमा आज नेपाल र नेदरल्यान्ड्स भिड्दै छन् ।

टीयु क्रिकेट मैदानमा आज बिहान साढे ११ बजे सुरु हुने फाइनल खेलमा नेपाल तर्फबाट पौडेलको कप्तानीमा नेदरल्यान्ड्सविरुद्द मैदानमा उत्रदै छ।

नेपालले सिरिजमा नामिबिया र नेदरल्यान्ड्सलाई पराजित गरेर ४ अंकका साथ फाइनलमा पुगेको हो भने नेदरल्यान्ड्स २ जित र एक बराबरी खेल्दै ५ अंकका साथ फाइनल पुगेको हो।

सन् २०२१ को टी-२० फाइनलमा नेदरल्यान्ड्सलाई पराजित गरेझै  आजको फाइनल खेल पनि नेपालले जित्ने अभियानमा छ।

आजको खेलमा नेपालका ललित राजवंशीलाई मौका दिएर अविनाश बोहरा र आरिफ शेखलाई बेन्चमा राख्ने आकलन गरिएको छ। आज नेपालका ओपनर कुशल भुर्तेल पहिलो ११ मा आउने छन।

नेदरल्यान्ड्स बलियो टोली भएकोले नेपालले आज निकै आक्रामक खेल खेल्ने आकलन गरिएको छ।

 

 

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  ०८:४७
प्रतिक्रिया दिनुहोस्