देशभरका सबै प्रदेशमा वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखले आज देशभरका सबै प्रदेशहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।
बागमती, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।
राती मधेस प्रदेशका एक-दुई, कोशी र बागमती प्रदेशका थोरै तथा बाँकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरूमा मेघ-गर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
मनसुनी वायुको प्रभावका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ ।
जसका कारण मुलुकभर बदली र वर्षाको सम्भावना रहेको छ।
प्रकाशित मिति: सोमबार, साउन १, २०८० ०७:४७
प्रतिक्रिया दिनुहोस्