महोत्तरीमा भारतीय जीपको ठक्करबाट दुई जनाको मृत्यु, एक गम्भीर घाइते

सोमबार, फागुन २१, २०८०
honor mob  winter sales

महोत्तरी  । भारतीय जीपले ठक्कर दिदा दुई जनाको मृत्यु भएको छ। ठक्करबाट अर्का एक जना गम्भीर घाइते भएका छन् ।

Honor x7 pad

महोत्तरी मटिहानी–जनकपुर सडकखण्डमा गएराति  मटिहानीतर्फ जाँदै गरेको बी आर ०६ पी डी ३३३० नम्बरको भारतीय टाटासुमो पल्टिएर दुर्घटना हुँदा पिपरा गाउँपालिका १ स्थित त्यही दिशातर्फ जाँदै गरेको मधेश प्रदेश ०१ त ३००९ नम्बरको ट्रयाक्टर र विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

ट्याक्टरको पछाडि सवार महोत्तरीको पिपरा गाउँपालिका-५ का ६० वर्षीय अकवर राइन र साइकल यात्री धनुषा क्षिरेश्वरनाथ नगरपालिका-१ का ६० वर्षीय राजकिशोर यादवक मृत्यु भएको महोत्तरी प्रहरीले जानकारी दिएको छ। ठक्करबाट गम्भीर घाइते भएका दुबै जनाको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गम्भीर घाइते भएका पिपरा-५ का ६० वर्षीय झप्सी कवारीको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ।

दुर्घटना भए लगत्तै जीप चालक फरार भएका छन् ।उनको खोजीकार्य जारी  रहेको महोत्तरी प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  ११:५३
प्रतिक्रिया दिनुहोस्