चितवनकी शालिन मृत्यु घटना: पोष्टमार्टम रिपोर्टमा बलात्कार देखिएन, झुण्डिएकै कारण मृत्यु

आइतबार, फागुन २०, २०८०
honor mob  winter sales

काठमाडौं ।  फागुन १२ गते चितवनको रत्नगर नगरपालिका-१० स्थित शिशु निकेतन स्कुलको होस्टेलमा मृत भेटिएकी १४ वर्षीया शालिन पोखरेलको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जबाट पोष्टमार्टम रिपोर्ट आइपुगेको छ।   

Honor x7 pad

ती बालिकाको पोष्टमार्टम रिपोर्टमा बलात्कार नभई 'झुण्डिएको कारण’ मृत्यु भएको देखिएको छ । रिपोर्टमा बालिका शालिन झुण्डिएकै कारण मृत्यु भएको उल्लेख गरिएपनि चितवन प्रहरीले जनाएको छ।

शालिनका आफले उनको बलात्कार गरि हत्या भएको भन्दै चितवन प्रहरीमा जाहेरी दिएपछि प्रहरीले प्रधानाध्यापकसहित तीन जनालाई पक्राउ गरेको थियो। उक्त जाहेरी पश्चात् शालिनको शवको पोष्टमार्टम गर्नका लागि महाराजगन्ज पठाइएको थियो।

चितवन प्रहरीले जाँच गर्दा कुनै शंकास्पद विषय नदेखिएको पोष्टमार्टम रिपोर्टमा उल्लेख गरिएको जनाएको छ। शालिन  होस्टलको कोठाभित्र झुण्डिएको अवस्थामा १२ फागुनमा उनको शव फेला परेको थियो । 

यता सत्ताधारी दल नेपाली कांग्रेसले पनि घटनाको निश्पक्ष रुपले अनुसन्धान गर्न माग समेत गरेको थियो।

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १४:५५
प्रतिक्रिया दिनुहोस्