नेदरल्यान्ड्स र नामिबियाको खेल वर्षाले रोकियो, नामिबिया ४ विकेटको क्षेतीमा ९८ रनमा

आइतबार, फागुन २०, २०८०
honor mob  winter sales

काठमाडौँ । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० आई क्रिकेट सिरिजको आज भइरहेको नेदरल्यान्ड्स र नामिबियाबीचको लिग चरणको अन्तिम खेल वर्षाले बिचमै रोकिएको छ।

Honor x7 pad

नेदरल्यान्ड्सले टस जितेर बलिङ रोजेपछि नामिबियाले ब्याटिङ गर्दै गरेको अवस्थामा आज त्रिवि मैदान कीर्तिपुरमा वर्षा भएपछि खेल रोकिएको हो।

वर्षा हुनु अघि नामिबियाले १५ ओभरमा ४ विकेटको क्षेतीमा ९८ रन बनाएको छ। जान निकोल लोफ्टे इटन ३४  र जेन ग्रीनले ११ रन बनाएको अवस्थामा क्रीजमै छन् ।

आजको विजेता नै फाइनलमा प्रवेश गर्ने हुँदा २ खेलमा हार र १ खेलमा जितेको नामिबियाले नेदरल्यान्ड्सलाई भारी रन अन्तरले पराजित गर्नुपर्नेछ। 

तर आजको खेलमा २ खेल जित्दै एक खेलमा पराजय ब्यहोरेपनि नेदरल्यान्ड्स नेटरनरेटका आधारमा ४ अंकका साथ सबैभन्दा अग्रस्थानमा छ भने २ खेलमा जित र एक खेलमा हारेको नेपालको ४ अंक छ । नामिबियाले नेदरल्यान्ड्सलाई भारी रन अन्तरले हराउने पर्ने हुँदा त्यो सम्भावना निकै कम रहेको छ। 

वर्षाले खेल रद्द भएमा नेदरल्यान्ड्स फाइनलमा जानेछ।आजको विजेता टोलीले मंगलबार नेपालसँग फाइनल खेल्ने छ।

 

 

 

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १३:०३
प्रतिक्रिया दिनुहोस्