स्कुल बसको ठक्करले एकको मृत्यु, पाँच जना गम्भीर घाइते

आइतबार, फागुन २०, २०८०
honor mob  winter sales

जनकपुर। जनकपुर उपमहानगरपालिकामा स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ। बसको ठक्करले अन्य पाँच जना गम्भीर घाइते भएका छन् ।

Honor x7 pad

प्रहरीका अनुसार आज बिहान जनकपुर जलेश्वर सडक खण्ड अन्तर्गत जकपुरधाम- २३ विन्धिमा सोही स्थानकै ३५ वर्षीया राखीदेवी यादवको एजल्स स्कुलको बसले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो। 

तीब्र गतिमा गुडेको उक्त बसको ठक्करबाट सडक किनारामा पैदल हिडिरहेका अम्बिका झा, ममता देवी यादव,पशुपति देवीसहित पाँचजना गम्भीर घाइते भाएको प्रहरीले जनाएको छ। घाइते सबैको जनकपुर  प्रादेशिक अस्पतालमा भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ।

 

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १२:४३
प्रतिक्रिया दिनुहोस्