आगलागीमा परेर एक महिलाको मृत्यु

आइतबार, फागुन २०, २०८०
honor mob  winter sales

सुनसरी । सुनसरीमा आगलागीमा परेर एक जना महिलाको मृत्यु भएको छ।

Honor x7 pad

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इटहरी-६ की ५२ वर्षीया गोपीमाया कटुवालको आगलागीमा परेर मृत्यु भएको हो।

गएराति इटहरीकी स्थानीय विष्णु खड्काको घरमा  आगलागी हुँदा छोरा–बुहारीसँग डेरामा बस्दै आएकी कटुवालको मृत्यु भएको सुनसरी प्रहरीले जानकारी दिएको छ। 

मृतक महिला कटुवाल डिप्रेसनको औषधि सेवन गर्दै आएको र आगलागी हुँदा कोठामा एक्लै सुतेर भित्रबाट कोठा बन्द भएको प्रहरीले जनाएको छ। सुनसरी प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

 

 

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १०:४१
प्रतिक्रिया दिनुहोस्