काठमाडौंबाट पोखरा घुम्न आएका कैलालीका दुई युवकको दुर्घटनामा मृत्यु

शनिबार, फागुन १९, २०८०
honor mob  winter sales

पोखरा । काठमाडौंबाट पोखरा घुम्न आएका दुई युवकको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ।

Honor x7 pad

कैलाली सोरहनपुर गाउँपालिका-३ घर भएका २८ वर्षीय महेश आचार्य र कैलालीकै जानकी गाउँपालिका-३ का ३० वर्षीय शैलेन्द्र कुमार उपाध्याय सवार बा.प्र०२-०३४प ५६२१ नम्वरको बुलेट मोटरसाइकल लेकसाइडबाट जिरोतर्फ आउँदै गर्दा डिभाइडरमा ठोक्किएर दुर्घटना भएको कास्की प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुहरुको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा आजै मृत्यु भएको थियो।

मृत्यु भएका दुबै जना शुक्रबार मात्रै काठमाडौंबाट पोखरा आएको प्रहरीले जनाएको छ।

 

 

 

प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  २०:१९
प्रतिक्रिया दिनुहोस्