नेपाल त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा

शनिबार, फागुन १९, २०८०
honor mob  winter sales

काठमाडौँ । नेपाल काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० आई क्रिकेट सिरिजको फाइनलमा प्रवेश गरेको छ। नेदरल्याण्ड्समाथि  ६ विकेटको जित हात पार्दै नेपाल सिरिजको फाइनलमा पुगेको हो।

Honor x7 pad

कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको नेदरल्यान्ड्सले नेपाललाई दिएको १२१  रनको लक्ष्यलाई नेपालले २८ बल बाँकि हुँदै  भेटाएको हो।

नेदरल्यान्ड्स र नामिबिया मध्येको विजेता फाइनलमा पुग्नेछन् । तर नेदरल्यान्ड्स २ खेलमा जित र एक खेलमा हार ब्यहोरेपनि ०.३१० नेटरनरेटका आधारमा  ४ अंकका साथ पहिलो स्थानमा कायमै छ भने नेपाल ०.२९२ नेटरनरेटका आधारमा ४ अंका साथ दोस्रो तथा नामिबिया पुछारमा छ। 

अब नेदरल्यान्ड्स र नामिबियाबीच हुने खेलबाट फाइनलमा जाने टोली निर्धारण हुने भएपनि नेदरल्यान्ड्सलाई नामिबियालाई सयौं रनले पराजित गर्नुपर्नेछ। नेदरल्यान्ड्स र नामिबियाको खेल आइतबार तथा फाइनल मंगलबार हुनेछ।

प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  १५:११
प्रतिक्रिया दिनुहोस्