Dashain Banner
Dashain Banner

उत्कृष्ट प्रदर्शन गर्दै नेदरल्यान्ड्सलाई नेपालले ६ विकेटले हरायो

शनिबार, फागुन १९, २०८०

काठमाडौँ ।  काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजको आज भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई ६ विकेटले पराजित गरेको हो।

कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको नेदरल्यान्ड्सले नेपाललाई दिएको १२१  रनको लक्ष्यलाई नेपालले २८ बल बाँकि छ्दै भेटाएको हो।

नेदरल्यान्ड्सले १९.३ ओभर खेल्दै विकेट गुमाएर  १२० रन बनाउदा नेपालले १५.२ ओभरमा  ४ विकेट गुमाउँदै १२१  रन बनाएको हो। नेपालका लागि कप्तान रोहित पौडेलले  सर्वाधिक ४६  रन बनाए। त्यस्तै  गुल्सन झाले  ३८ ,  कुशल भुर्तेलले १२ तथा आशिफ शेक ८ र दिपेन्द्र सिंह ऐरी ४  र कुशल मल्ल नटआउट रहदै २  रन बनाएका हुन् ।

पहिलो ब्याटिङ गरेको नेदरल्यान्ड्सका लागि म्याक्स ओ डुडले ३१ रन बनाएका थिए भने भिभियान किङमाले ३ तथा आर्यन दत्तले१ विकेट लिए। खेलमा म्यान अफ द म्याच नेपालका प्रतिश जिसी बने।

 

 

 

 

 

प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  १४:३६
प्रतिक्रिया दिनुहोस्