नेदरल्यान्ड्सले नेपाललाई दियो १२१ रनको टार्गेट

शनिबार, फागुन १९, २०८०
honor mob  winter sales

काठमाडौँ । काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजअन्तर्गत लिग चरणको नेपालले आज आफ्नो अन्तिम खेल नेदरल्याण्ड्स खेल्दैछ।

Honor x7 pad

कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको खेलमा   टस जितेर पहिलो ब्याटिङ गरेको नेदरल्यान्ड्ले नेपाललाई १२१  रनको लक्ष्य दिएको छ।

नेदरल्यान्ड्ले १९.३ ओभर खेल्दै विकेट गुमाएर  १२० रन बनाएको हो। नेदरल्यान्ड्स का लागि म्याक्स ओ डुडले   ३१ रन बनाए। त्यस्तै नेपालका करण केसी र कुशल भुर्तेलले २-२ तथा  प्रतिश जिसीले ३ विकेट लिए भने दीपेन्द्र सिंह ऐरीले १ विकेट लिएका हुन् ।

श्रृंखलामा यसअघिका दुवै खेल जितेर नेदरल्याण्ड्स ४ अंकसहित शीर्ष स्थानमा छ । नेपाल ३ खेलबाट २ अंकसहित दोस्रो स्थानमा छ। नामिबिया ३ खेलबाट २ अंकसहित तेस्रो स्थानमा छ । नेपालले आजको खेल जित्नै पर्ने छ।

अहिलेसम्म नेदरल्याण्ड्सको रन रेट १.५२५ रहेको छ। नेपालको रन रेट माइनस ०.३१७ तथा नामिबियाको माइनस ०.७०० रहेको छ । 

 

प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  १३:०८
प्रतिक्रिया दिनुहोस्