टस हारेर नेदरल्यान्ड्सविरुद्द बलिङ गर्दै नेपाल, नेपालले आजको खेल जित्नै पर्ने

शनिबार, फागुन १९, २०८०
honor mob  winter sales

काठमाडौँ । काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजअन्तर्गत लिग चरणको नेपालले आज आफ्नो अन्तिम खेल नेदरल्याण्ड्स खेल्दैछ।

Honor x7 pad

कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको खेलमा  नेदरल्यान्ड्ले टस जितेर पहिलो ब्याटिङ गर्दैछ भने नेपालले बलिङ गर्दैछ।

नेपाललाई फाइनलमा पुग्न  यो खेलमा फराकिलो जितको आवश्यक छ । नेपालको रन रेट त्यति राम्रो नभएको अवस्थामा नेपालले फाइनल प्रवेशको सम्भावना कायम राख्न फराकिलो जित आवश्यक परेको हो । 

श्रृंखलामा यसअघिका दुवै खेल जितेर नेदरल्याण्ड्स ४ अंकसहित शीर्ष स्थानमा छ । नेपाल ३ खेलबाट २ अंकसहित दोस्रो स्थानमा छ। नामिबिया ३ खेलबाट २ अंकसहित तेस्रो स्थानमा छ । 

नेदरल्याण्ड्सको रन रेट १.५२५ रहेको छ । नेपालको रन रेट माइनस ०.३१७ तथा नामिबियाको माइनस ०.७०० रहेको छ । यो अवस्थामा नेपालले फराकिलो जित हासिल गर्दा लिग चरणको अन्तिम खेलमा नेदरल्याण्ड्स र नामिबिया भिड्नु पूर्व नै नेपालले फाइनलमा स्थान सुरक्षित गर्नेछ । 

तर यदि नेपाल पराजित भएका खण्डमा वा झिनो जितले भने आइतबार हुने नेदरल्याण्ड्स र नामिबियाबीचको खेलको नतिजा कुर्नुपर्ने हुन्छ ।आज नेपालका ओपनर कुशल भुर्तेल पहिलो ११ मा परेका छन् भने अनिल शाह बाहिरिएका छन्।

 

प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  ११:१४
प्रतिक्रिया दिनुहोस्