स्वास्थ्य आपतकालीन सेवा सुदृढीकरणका लागि कार्यशाला गोष्ठी

शुक्रबार, फागुन १८, २०८०
honor mob  winter sales

नेपालगन्ज ।  हब अस्पताल तथा सेटेलाइट नेटवर्कहरुबाट प्रदान गरिएका स्वास्थ्य आपतकालीन सेवा सुदृढीकरणका लागि नेपालगन्जमा आज  लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।

Honor x7 pad

विपदजन्य अवस्थाका विरामीहरुको प्रेषण तथा व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यले कार्यशाला गोष्ठी आयोजना गरिएको हो। विपदमा विरामी तथा घाइतेहरुको उद्दार, अस्पतालसम्म सहज पहुँच, सेटेलाइट नेटवर्कका अस्पतालहरुमा शीघ्र उपचार व्यवस्थापन तथा आवश्यकताका आधारमा रेफरल हब अस्पतालहरुमा प्रेषणमा देखिएका अप्ठेरा, समस्या तथा समाधानका उपाय सेवा सुदृढीकरणका बारेमा कार्यशालामा छलफल गरिएको थियो ।

नीति योजना तथा जनस्वास्थ्य महाशाखा प्रमुख नोदनारायण चौधरीको अध्यक्षतामा सम्पन्न कार्यशालामा भेरी अस्पतालका प्रमुख मेडिकल सुपरीटेण्डेण्ट पवनजंग रायमाझी, स्वास्थ्य मन्त्रालयकी वरिष्ठ कम्युनिटी नर्सिङ अधिकृत चित्रा खनाल, भेरी अस्पतालकी प्रमुख अस्पताल नर्सिङ प्रशासक दुर्गा लक्ष्मी श्रेष्ठ, बर्दिया अस्पताल प्रमुख सुवास पाण्डे, स्वास्थ्य कार्यालय बाँकेका निमित्त कार्यालय प्रमुख नरेशबाबु श्रेष्ठ लगायत बाँके र बर्दियाका हब तथा सेटेलाइट नेटवर्कमा आवद्ध अस्पतालका प्रतिनिधिहरुको सहभागिता थियो ।

यसअघि दाङको घोराहीमा पनि यस खाले गोष्ठी सम्पन्न गरिसकिएको स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य अधिकृत अर्जुन ढकालले जानकारी दिए । अब बुटवलमा पनि कार्यशाला  गोष्ठी गरिने ढकालले बताउनुभयो । लुम्बिनी प्रदेशका नेपालगन्जको भेरी अस्पताल, दाङको राप्ती विज्ञान प्रतिष्ठान र बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल रेफरल हब तथा अन्य सरकारी तथा निजी अस्पतालहरु सेटेलाइट नेटवर्कमा छन् ।

 

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १६:१९
प्रतिक्रिया दिनुहोस्