Dashain Banner
Dashain Banner

टस हारेर नामिबियाविरुद्द ब्याटिङ गर्दै नेपाल, 'गर या मर' को अवस्थामा नेपाल

शुक्रबार, फागुन १८, २०८०

काठमाडौँ । काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजअन्तर्गत आज नेपाल र नामिबियाविरुद्द खेल हुँदैछ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको खेलमा नामिबियाले टस जितेर बलिङ रोजेपछि नेपालले  ब्याटिङ गर्दैछ। आजको खेलमा  नेपालले फाइनल पुग्न नामिबियालाई पराजित गर्नैपर्ने छ। आज नेपाल गर या मरको अवस्थामा रहेको छ।

यसअघि नामिबियासँग २० र नेदरल्याण्ड्ससँग २ रनले पराजित भएको नेपाल आज  'डु अर डाई' को अवस्थामा खेल्नु पर्नेछ ।

यस सिरिजमा नेदरल्याण्ड्सले नेपाल र नामिबियालाई पराजित गरेर ४ अंक जोडेको छ भने नामिबियाको २ अंक छ।

आज  नेपालका ललित राजवंशी, कुशल भुर्तेल र सन्दीप जोरालाई  बाहिर राखिएको छ। त्यस्तै  आरिफ शेख, अभिनाश बोहरा र अनिल शाह आज टोलीमा समाबेश भएका छन्  । 

 

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  ११:१४
प्रतिक्रिया दिनुहोस्