टिपरले बोलेरोलाई ठक्कर दिदा दुई जनाको मृत्यु, पाँचको अवस्था गम्भीर

शुक्रबार, फागुन १८, २०८०
honor mob  winter sales

मोरङ । मोरङमा टिपरले बोलेरोलाई ठक्कर दिदा दुई जनाको मृत्यु भएको छ।

Honor x7 pad

झापाको दमकबाट इलामको फिदिमका लागि  तमोर करिडोर भएर जाँदै गरेको मे१ज २८५६ नम्बरको बोलेरोलार्ई प्र१ख ९६७६ नम्बरको टिपरले ठक्कर दिदा बोलेरोमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् ।

प्रहरीका अनुसार पूर्वपश्चिम लोकमार्गअन्तर्गत मोरङको बेलबारी-३ स्थित पुरानो मालपोत अगाडि आज बिहान पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको टिपरले पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बसलाई ठक्कर दिदै  सोही दिशामा रहेको बोलेरोलार्ई ठक्कर दिएको हो।

ठक्करबाट मृत्यु हुनेमा झापाको कमल गाउँपालिकाका ५२ वर्षीय यदुकान्त भट्टराई र सोही स्थानकै ४४ वर्षीया गीता खनाल रहेका छन् । दुर्घटनामा घाइते भएकाहरुको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ।

उनीहरुको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरीले जानकारी दिएको छ।

 

 

 

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  ११:०१
प्रतिक्रिया दिनुहोस्