Dashain Banner
Dashain Banner

आज नेपालले नामिबियाविरुद्द खेल्दै, नेपालले आजको खेल जित्नैपर्ने

शुक्रबार, फागुन १८, २०८०

काठमाडौँ । काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजअन्तर्गत आज नेपालले नामिबियाविरुद्द खेल्दैछ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा आज बिहान साढे ११ बजेबाट शुरु  हुने चौथो तथा नेपालको तेस्रो खेलमा फाइनल पुग्न नेपालले आज नामिबियालाई पराजित गर्नैपर्ने छ। 

यसअघि नामिबियासँग २० र नेदरल्याण्ड्ससँग २ रनले पराजित भएको नेपाल आज  'डु अर डाई' को अवस्थामा खेल्नु पर्नेछ ।

यस सिरिजमा नेदरल्याण्ड्सले नेपाल र नामिबियालाई पराजित गरेर ४ अंक जोडेको छ भने नामिबियाको २ अंक छ। नेपालले आज अनिल शाहलाई स्थान दिएर सन्दीप जोरालाई बेन्चमा राख्ने सम्भावना बलियो रहेको छ।

 

 

 

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  ०८:२०
प्रतिक्रिया दिनुहोस्