नेपालले बंगलादेशलाई पेनाल्टीमा ४-२ गोलले हराउँदै श्रीखंला १-० ले जित्यो

आइतबार, असार ३१, २०८०
honor mob  winter sales

ढाका/बंगलादेश। नेपालले दोस्रो मैत्रीपूर्ण फुटबल खेल   अन्तर्गत बगलादेशलाई पराजित गरेको छ। नेपालले आज  ढाकामा भएको खेलमा घरेलु टोली बंगलादेशलाई टाइब्रकेरमा ४–२ ले पराजित गर्दै जित हात पारेको हो । 

Honor x7 pad

ढाकाको कमलपुरस्थित विरश्रेष्ठ शहीद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा भएको दोस्रो मैत्रीपूर्ण खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय सिधै टाइब्रेकरबाट लिइएको हो।  

टाइब्रेकरमा नेपालकी सावित्रा भण्डारी, हिरा भुजेल, दिपा शाही, अनिता केसीको प्रहारले पोष्टको जाली चुम्यो। अञ्जना राना मगरको प्रहार बारमा लाग्दै बाहिरियो। 

बंगलादेशकी साम्सुनार र मोनिका चक्माको प्रहारले पोष्टको जाली चुम्दा मारिया मण्डा, सेइली अजिमको प्रहार गोलरक्षक अञ्जना रानामगरले बचाइन् ।

यसअघि भएको पहिलो खेलमा १–१ गोलको बराबरी भएको थियो । योसँगै नेपालले दुई खेलको श्रृंखला १–० ले जितेको छ । 

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  २०:०९
प्रतिक्रिया दिनुहोस्