विराटनगर–लुक्ला माउन्टेन फ्लाइट चाँडै सुरु हुन्छ: मुख्यमन्त्री कार्की

बिहीबार, फागुन १७, २०८०
honor mob  winter sales

विराटनगर । सगरमाथा क्षेत्रबाट कोशी प्रदेशको राजधानी विराटनगरमा माउन्टेन उडान भर्ने तयारी भएको कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले    बताएका छन् । 

Honor x7 pad

सगरमाथा क्षेत्रलाई प्रदेश राजधानीसँग जोड्न छिट्टै विराटनगर–लुक्ला माउन्टेन फ्लाइट सुरु गर्ने बताउँदै मुख्यमन्त्री कार्कीले विश्वको सवोच्च शिखर सगरमाथा क्षेत्रलाई प्राथमिकतामा राखेर थप पर्यटन प्रवर्द्धनका लागि विराटनगर–लुक्ला माउन्टेन फ्लाइट सुरु गर्ने योजना रहेको जनाउँदै  योजना छिट्टै कार्यान्वयनमा ल्याउने बताए । 

“खुम्बु क्षेत्र सङ्घीय राजधानीसँग नजिक भए पनि प्रदेशसँग बिरानो भएको छ”, कार्कीले भने, “यसलाई समाधान गर्न हामी गम्भीर छौँ । केही महिनाभित्रै विराटनगर–लुक्ला जहाज उडान गर्ने तयारी गरिरहेका छौँ ।”

सगरमाथा क्षेत्रलाई उपयोग गरे पनि यसको संवर्द्धन गर्न राज्यले नसकेको मुख्यमन्त्री कार्कीको भनाइ थियो । खुम्बुको पर्यटन विकासका लागि आगामी मे २९ तारिख ‘सगरमाथा दिवस’ मनाउन आफूसहितको समूह सगरमाथा क्षेत्र पुग्ने मुख्यमन्त्री कार्कीले बताए  । 

 

 

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १७:२०
प्रतिक्रिया दिनुहोस्