अलपत्र परेको गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणका लागि टेण्डर आह्वान

बिहीबार, फागुन १७, २०८०
honor mob  winter sales

भरतपुर । चितवनको भरतपुर महानगरपालिका-१५ रामपुरमा निर्माण हुँदै गर्दा अलपत्र परेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको टेण्डर आह्वान गरिएको छ ।

Honor x7 pad

रंगशाला निर्माण हुँदै गर्दा धुर्मुस सुन्तली फाउन्डेसनले हात झिकेपछि अलपत्र परेको उक्त रंगशाला निर्माणका लागि भरतपुर महानगरपालिकाले टेण्डर आह्वान गरेको हो।

महानगरले रंगशालाको पहिलो चरणको निर्माणका लागि १ अर्ब १० करोड रुपैयाँको टेण्डर आह्वान गरेको छ । रंगशाला निर्माणका लागि भरतपुर महानगरपालिकाले ३० दिनको म्याद राखेर १ अर्ब १० करोडको ठेक्का आह्वान गरेको उपनिर्देशक जगन्नाथ अर्यालले   जानकारी दिए ।

निर्माणाधीन उक्त रंगशाला करिब ३ वर्षदेखि अलपत्र परेपछि भरतपुर महानगरपालिकाले आफ्नो स्वामित्व लिएको थियो ।  रंगशालामा  थप १० हजार क्षमताको प्याराफिटसहित मैदानलगायतका भौतिक पूर्वाधार निर्माणका लागि ३० महिनाभित्र काम गरिसक्ने गरी टेण्डर निकालिएको महानगरले जनाएको छ।

रंगशाला निर्माणका लागि  ३० महिने ठेक्का म्याद तोकिए पनि त्यस अगाडि नै रंगशालाको काम सक्ने गरी काम हुने  महानगरले जनाएको छ।

 

 

 

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १०:२०
प्रतिक्रिया दिनुहोस्