Dashain Banner
Dashain Banner

टी-२० क्रिकेट सिरिजमा टस जितेर नेदरल्यान्ड्सविरुद्द पहिला बलिङ गर्दै नेपाल

बुधबार, फागुन १६, २०८०

काठमाडौँ ।  काठमाडौँमा जारी  टी –२० आई त्रिकोणात्मक क्रिकेट श्रृंखलामा  आज नेपाल र  नेदरल्याण्ड्सबीच खेल हुँदैछ।

कीर्तिपुरस्थित त्रिविको मैदानमा नेपालले टस जितेर पहिले बलिङ रोजेको छ । ओ खेल नेपालका लागि दोस्रो तथा नेदरल्याण्ड्सका लागि पहिलो खेल हो ।

पहिलो खेलमै नामिबियासँग २० रनले पराजित भएको नेपालले आज नेदरल्याण्ड्सलाई पराजित गर्नै पर्ने छ।  

पहिलो खेलमा पहिलो ब्याटिङ गर्दै नामिबियाले  नेपाललाई दिएको २०७ रनको लक्ष्यलाई नेपालले १८.५ ओभरमा सबै विकेट गुमाएर १८६ रनमात्र बनाउन सक्यो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ३२ बलमा ४८ रन बनाएका थिए। 

 

 

प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  ११:१७
प्रतिक्रिया दिनुहोस्