त्रिकोणात्मक टी-२० क्रिकेट सिरिज: आज नेपालले नेदरल्यान्ड्सविरुद्द खेल्दै

बुधबार, फागुन १६, २०८०
honor mob  winter sales

काठमाडौँ ।  मंगलबारदेखि काठमाडौँमा सुरु भएको टी –२० आई त्रिकोणात्मक क्रिकेट श्रृंखलामा  आज नेपाल र  नेदरल्याण्ड्सबीच खेल हुँदैछ।

Honor x7 pad

पहिलो खेलमै नामिबियासँग २० रनले पराजित भएको नेपालले आज नेदरल्याण्ड्सलाई पराजित गर्नै पर्ने छ।  कीर्तिपुरस्थित त्रिविविको मैदानमा आज बिहान साढे ११ बजे सुरु हुने खेलमा नेपालले आज राम्रो खेल्ने विश्वास लिइएको छ।

पहिलो खेलमा पहिलो ब्याटिङ गर्दै नामिबियाले  नेपाललाई दिएको २०७ रनको लक्ष्यलाई नेपालले १८.५ ओभरमा सबै विकेट गुमाएर १८६ रनमात्र बनाउन सक्यो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ३२ बलमा ४८ रन बनाएका थिए। 

कप्तान रोहित पौडेलले २४ बलमा ४२, कुशल मल्लले २१ बलमा ३२ तथा सोमपाल कामीले ११ बलमा २६ रन बनाए । रुबेन ट्रम्पेलमानले सर्वाधिक ४ विकेट लिए । 

उक्त खेलमा नामिबियाका लागि जान निकोल लोफ्टि इटनले कीर्तिमानी शतक बनाए । उनले मात्र ३३ बलमा शतक पूरा गरेर नेपाली खेलाडी कुशल मल्लको नाममा रहेको ३४ बलमा बनाएको शतकको कीर्तिमान तोडेका हुन् । 

 

 

 

 

प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  ०८:११
प्रतिक्रिया दिनुहोस्