प्रभु बैंकका डेपुटी सिइओसहित १० जना पक्राउ

मंगलबार, फागुन १५, २०८०
honor mob  winter sales

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रभु बैंकका डेपुटी सीइओ मनोज न्यौपाने र बैंकका पूर्व सीईओ तुलसीराम गौतम पनि पक्राउ गरेको छ।

Honor x7 pad

ऋण प्रवाहमा अनियमितता भेटिएपछि  सीआईबीले न्यौपाने र बैंकको पूर्व सीइओ तुलसीराम गौतमसहित ११ जना पक्राउ परेको सीआईबी प्रमुख किरण बज्राचार्यले बताइन् ।

प्रभु बैंकमा सेञ्चुरी बैंक गाभिनुअघि सेञ्चुरीमा ऋण प्रवाहमा अनियमितता भेटिएपछि नेपाल राष्ट्र बैंकको निरन्तर निगरानीमा रहेको प्रभु बैंकको देउराली सहकारीका अध्यक्ष रविन्द्र चौलागाईसँगको सेटिङमा प्रभाह भएको ऋणको सम्बन्धमा छानबिनन गर्न सीआईबीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ । 

न्यौपानेसहित चार जना प्रभुको केन्द्रीय कार्यालय बबरमहलबाट र पाँच जना कमलादी कार्यालयबाट तथा केहीलाई घरैमा पुगेर सीआईबीले पक्राउ गरेको हो । 

सीआईबीको प्रारम्भिक अध्ययनले न्यौपानेसहितका कर्मचारी दोषी देखिएपछि उनीहरुलाई एक साताको अध्ययनपछि पक्राउ गरिएको जनाइएको छ । 

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  १३:०३
प्रतिक्रिया दिनुहोस्