१४ किलो सुन तस्करी प्रकरणमा कलेज सञ्चालक पक्राउ

सोमबार, फागुन १४, २०८०
honor mob  winter sales

काठमाडौं । १४ किलो सुन तस्करी प्रकरणमा मुछिएका कलेज सञ्चालक जीवनकुमार गुरूङलाई   नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) पक्राउ गरेको छ।

Honor x7 pad

सिआइबीको टोलीले प्लाटिनम कलेजका सञ्चालक  गुरुङलाई आज बिहान काठमाडौंको सामाखुसीबाट  पक्राउ गरेको सिआइबी कार्यालयल्र जनाएको छ। 

सिआइबीले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएको १४ किलो सुन प्रकरणमा पक्राउ गरेको जनाएको छ।

सुन प्रकरणको अनुसन्धानका क्रममा त्रिभुवन विमानस्थलमा १४ किलो सुनसहित पक्राउ परेका चन्द्र घले र घलेले पोलेका मीनबहादुर घले गुरुङबाट परिचालित भएको कुरा खुलेको थियो। पक्राउ पुर्जी जारी भएपछि फरार रहेका गुरुङ आज बिहान पक्राउ परेका हुन्  । 

भन्सार कार्यालयले उक्त सुन प्रकरणमा मीनबहादुर घले, चन्द्र घले, कृष्णकुमार श्रेष्ठ, डनबहादुर गुरूङ र उनकी श्रीमती बिना गुरूङलाई मुख्य प्रतिवादी बनाएको थियो। यस्तै विमानस्थलका कर्मचारी प्लम्बर शेरबहादुर बस्नेत, कार्यालय सहयोगी रमेश देउला, लेकबहादुर तामाङ, एयर कन्डिसनर चलाउनेरमर्मत गर्ने राधाकृष्ण श्रेष्ठ र अनिल श्रेष्ठविरूद्ध पनि मुद्दा दायर भएको हो। डनबहादुर भने फरार थिए।

पक्राउ परेका गुरुङलाई सिआइबीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बुझाउने तयारी भइरहेको छ।

 

 

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १०:४९
प्रतिक्रिया दिनुहोस्