ललितपुरको सानागाउँमा ट्यांकरको ठक्करबाट स्कुटर चालकको मृत्यु

सोमबार, फागुन १४, २०८०
honor mob  winter sales

ललितपुर । ललितपुरको सानागाउँमा ट्यांकरले दिदा स्कुटर चालकको मृत्यु भएको छ।

Honor x7 pad

बा३ख ८५८५ नम्बरको ट्यांकरले महालक्ष्मी नगरपालिका- ६ सानोगाउँमा आज बिहान पौने ७ बजे  बागमती प्रदेश ०२–०३४प ७३२८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा १७ वर्षीया स्कुटर चालक सुहायाङ राईको मृत्यु भएको ललितपुर प्रहरीले जानकारी दिएको छ। 

ट्यांकरको ठक्करबाट गम्भीर घाइते भएका राईलाई  इमाडोलस्थित किष्ट अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

कलेज जाँदै गर्दा राईलाई ठक्कर दिएको ट्यांकर र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको जानकारी दिएको छ।

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  ०९:३७
प्रतिक्रिया दिनुहोस्