त्रिकोणात्मक टी–२० श्रृंखलाका लागि नेपाली टिमको घोषणा

आइतबार, फागुन १३, २०८०
honor mob  winter sales

काठमाडौँ । नामिबिया र नेदरल्याण्ड्ससँग मंगलबारदेखि हुने त्रिकोणात्मक टी–२० श्रृंखलाका लागि नेपाल क्रिकेट संघ (क्यान0 ले नेपाली  टिमको घोषणा गरेको छ ।

Honor x7 pad

क्यानले आइतबार रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टिमको घोषणा गरेको हो । हालै एक दिवसीय टिममा कमब्याक गरेका अनिल साहले टी–२० टिममा पनि कमब्याक गरेका छन् । त्यस्तै नेपाल ए टिमका कप्तान विनोद भण्डारी, नेपाल ए टिममा रहेका रशिद खान, सन्दीप जोरालाई टिममा समावेश गरिएको छ ।

नेपाली टीम– रोहित पौडेल ९कप्तान०, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, ललित राजबंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, विनोद भण्डारी, विवेक यादव, अनिल साह, रशिद खान, सगर ढकाल, आरिफ शेख र अविनाश बोहोरा रहेका छन् ।

टी–२० श्रृंखलाको पहिलो खेलमा आगामी मंगलबार नेपालले नामिबियाको सामना गर्दैछ । एक दिवसीयमा भने दुवै खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो । 

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  २०:५८
प्रतिक्रिया दिनुहोस्