सीमित व्यक्तिको हातमा मुलुकको अर्थतन्त्र पुग्दा देशको विकास हुन सकेन: सांसद भण्डारी

बिहीबार, फागुन १०, २०८०
honor mob  winter sales

काठमाडौँ । गलत नीतिका कारण सीमित व्यक्तिका हातमा मुलुकको अर्थतन्त्र पुगेकाले देशको विकास हुन नसकेको सांसद डा.चन्द्र भण्डारीले  बताएका छन्। 

Honor x7 pad

प्रतिनिधि सभाको आजको बैठकको विशेष समयमा उनले किसान, युवा, बुद्धिजीवी र विश्वविद्यालयलगायत सबै क्षेत्रका समस्या र समाधानका लागि छलफल गर्न ढिलो भइसकेको भन्दै युवाहरू विदेश पलायन भएर मुलुक नबन्ने विचार भण्डारीले राखेका थिए । 

सांसद भण्डारीले मेलम्ची आयोजनालगायत सडक  र भवन कुनै पनि आयोजना गुणस्तरीयरूपमा हुन नसकेको, निजी व्यक्तिका नाममा भएका सरकारी जग्गा फिर्ता ल्याउन नसकिएको, हेटौँडा सिमेन्ट उद्योगको प्रभावकारी सञ्चालन हुन नसकेको र किसानले मल, बीउ र बजारका लागि सधैँ माग गर्नुपरेको तथा बाँदरले दुःख दिइरहेको सवालमा दिगो समाधान खोज्न आग्रह गरे । 

उनले मुलुकमा बिचौलियाको बिगबिगी रहेकाले किसान थप पीडामा रहेको बताउँदै उमेर पुगेका काठ पनि कटान गर्न नसक्ने नीति हुँदा मलेसियाबाट काठ आयात गर्नुपर्ने बाध्यता रहेको उल्लेख गरे । 

स्वदेशी उत्पादन नहुँदा सरकारी कर्मचारीकै लागि अर्बौंको पोशाक आयात गर्नुपर्ने स्थिति, स्वदेशको कोदोको रक्सीले बजार नपाएर विदेशी मदिरा टोलटोलमा बिक्री गरिएको, नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा‍ चन्द्रकान्त भण्डारीले  पलायन रोक्न, लगानीमैत्री तथा काम गर्ने वातावरण बनाउने गरी विशेष कार्यक्रम ल्याउन नसकिएको विषयमा चिन्तन गर्न ढिला भएको भनाइ राखे । 

सांसद भण्डारीले मुलुकको धार्मिक तथा पुरातात्विक संरचनाको बजारीकरण गर्नुपर्ने र पर्यटनलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिँदै यस्ता विषयमा सबै दल एकढिक्का भएर लाग्न आग्रह गरे । 

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १३:५५
प्रतिक्रिया दिनुहोस्